८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

प्रभु इन्स्योरेन्सको सेयर कारोबार फुकुवा

८ साउन, काठमाडाैं । प्रभु इन्स्योरेन्सको सेयर कारोबार फुकुवा भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)को आजको निर्णयबाट प्रभु इन्स्योरेन्सको सेयर कारोबार फुकुवा गरिएको हो। योसँगै कम्पनीको सेयर कारोबारमा आएको छ।

गत साउन ४ गते नेप्सेले हकप्रद सेयर निष्कासनसम्बन्धी निर्णय ढिलो गरी जानकारी गराएको भन्दै प्रभु इन्स्योरेन्सको सेयर कारोबार रोक्का गरेको थियो।

नेप्सेले चित्तबुझ्दो स्पष्टीकरण ३ कार्यदिनभित्र पेस गर्न पनि निर्देशन दिएको थियो। प्रतिबद्धतासहितको पत्र प्राप्त भएकोले प्रभु इन्स्योरेन्सको सेयर कारोबार फुकुवा गर्ने निर्णय गरेकाे नेप्सेले जनाएकाे छ ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार १२:२३