२५ आश्विन २०८३, आइतबार | Mon Oct 12 2026

माछापुच्छ्रे बैंक सर्टिफिकेट अफ मेरिटबाट सम्मानित

८ साउन, काडमाडाैं । माछापुच्छ्रे बैंक लिमिटेड नेपाल चार्टर्ड अकाउन्टेन्ट्स संस्थाले हरेक वर्ष प्रदान गर्ने नेसनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बीपीए) अवार्ड–२०२२ बाटसम्मानित भएको छ।

माछापुच्छ्रे बैंकले बैंकिङ क्षेत्रतर्फको सर्टिफिकेट अफ मेरिट अवार्ड प्राप्त गरेको हो । नेपाल चार्टर्ड अकाउन्टेन्ट्स संस्थाले बैंकले तयार गरेको आर्थिक वर्ष २०२१–२२ को वार्षिक प्रतिवेदनमा समावेश गरिएका वित्तीय विवरणको प्रस्तुति र स्वीकृति, पारर्दशिता, विषयवस्तु, सुशासन लगायतका कुराहरुलाई मध्यनजर गर्दै उक्त अवार्ड प्रदान गरेको बैंकले जनाएकाे छ ।

माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ सेवा, २०३ एटीएममार्फत १४ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ।

प्रकाशित मिति : July 24, 2023 at 9:53 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/