एसपी विष्ट र इन्सपेक्टर भट्टलार्इ बर्खास्त गरेर दोषीलाई उन्मुक्ति दिन हुँदैनः देउवा
१० कात्तिक, काठमाडाैँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भीमदत्तगरकी निर्मला पन्तका दोषीलाई जसरी पनि कानुनी कारवाहीको दायरामा ल्याउनुपर्ने बताएका छन ।
नेपाल तरुण दल स्थापनाको ६५औँ वर्षगाँठका अवसरमा शुक्रबार बिहान पार्टी कार्यालय सानेपामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सभापति देउवाले एसपी दिल्लीराज विष्ट र इन्सपेक्टर जगदिश भट्टलार्इ बर्खास्त गरेर दोषीलाई उन्मुक्ति दिन नहुने बताए ।
उनले भने ‘हत्या, बलात्कारजस्ता जघन्य अपराधका दोषी महीनौँसम्म पत्ता नलाग्नु कानूनी राज्यका लागि चुनौती बनेको छ, यस्ता क्रियाकलापमा संलग्नको संरक्षणमा सरकार नलागोस्, बलात्कार र हत्यामा जोसुकै संलग्न भए पनि दोषीलाई कारबाही होस् ।’
प्रकाशित मिति : १० कार्तिक २०७५, शनिबार १३:५१