जनार्दन शर्माले थन्क्याएका पाैडेललाई प्रकाशशरण महतले महानिर्देशक बनाए थिए
४ साउन, काठमडौँ । तत्कालीन अर्थमन्त्री नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा प्रभावकारले जिम्मेवारी खोसेर थन्काएका शोभाकान्त पौडेललाई नेपाली कांग्रेसका नेता समेत रहेका अर्थमन्त्री डा प्रकाशशरण महतले भन्सार विभागको महानिर्देशक बनाएका थिए । तस्करीको १०० किलो भन्सारबाट बाहिरिएपछि अहिले उनी पनि चर्चामा छन ।
अर्थमन्त्रालय स्रोतका अनुसार बिहीबार बिहानै अर्थमन्त्रीले पौडेलसँग घटनाका सम्बन्धमा रिपोर्टङ गर्न निर्देशन दिइसकेका छन । उनले सोहीक्रममा जाँचपासमा संलग्न सुब्बा र अधिकृतलाई निम्लबन गरेर काम अघि बढाइसकेको जानकारी अर्थमन्त्रीलाई दिएका छन ।
पौडेल राजस्व प्रशासनमा रहेका पुराना सहसचिव हुन । पौडेललाई आन्तरिक राजस्व विभागको महानिर्देशकबाट २०७९ फागुन २ गते सरुवा गरेर पॉच महिनासम्म कामै नदिई अतिरिक्त समूहमा राखेर खानेपानी मन्त्रालयमा पठाइएको थियो । त्यो कामको नेतृत्व तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले गरेका थिए । पछि गत आर्थिक वर्षमा भन्सार राजस्व संकलन न्युन भएको र त्यो बढाउनुपर्ने भन्दै अर्थमन्त्री प्रकाशशरण महतले पौडेललाई महानिर्देशकको जिम्मेवारी दिएका थिए ।
राजस्व अनुसन्धान विभागको प्रारम्भिक अनुसन्धानमा पौडेल महानिर्देशक भएपछि मात्रै करिब ३० क्वविन्टल सुन अबैध रूपमा भन्सार कार्यालय हुँदै बाहिरएको देखाएको छ । एकै महिनामात्र २२ क्वीन्टल सुन बाहिरिएको अनुमान गरिएको छ । यद्यपी यसमा अनुसन्धान भैरहेको छ ।
यो पनि पढ्नुहोस्
-१०० किलो सुन तस्करी प्रकरणः प्रचण्ड र ओलीसँगको फोटो राखेर दीपक मलहोत्राको चर्चा
–दिउँसो सेटिङमा भन्सार कटेको १०० किलो सुन राति काठमाडाैँबाट समातियो
प्रकाशित मिति : ४ श्रावण २०८०, बिहीबार ११:३६