२६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026

प्रभु र महालक्ष्मी लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार सुरु, चुक्तापुँजी ४ अर्ब २९ करोड पुग्यो

२९ असार, काठमाडाैं ।  मर्जर प्रक्रिया पूरा गरी प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सले आज असार २९ गतेबाट एकीकृत कारोबार सुरु गरेका छन्। मर्जरपछि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु भएको हो। यी दुवै कम्पनी १ः१ सेयर स्वाप रेसियोमा मर्ज भएका हुन्।

दुवै कम्पनीबीच २०७९ असार ३० गते मर्जरमा जाने प्रारम्भिक सम्झौता र गत जेठ ३ गते अन्तिम सम्झौता भएको थियो।  दुवै कम्पनीको गत जेठ २६ गतेको साधारणसभाले मर्जर प्रक्रियालाई स्वीकृति गरिसकेको छ।

यी कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल धितोपत्र बोर्डले असार २६ गते र बिमा प्राधिकरणले जेठ २९ गते अन्तिम स्वीकृति दिइसकेका छन् । यस्तै, कम्पनी कम्पनी रजिष्ट्रार कार्यालयले असार १८ गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो ।

प्रभु लाइफको बोनस सेयर जारी पछि मर्जर पश्चात बन्ने कम्पनीको चुक्ता पुँजी ४ अर्ब २९ करोड रुपैयाँ पुगेको छ। बिमा प्राधिकरणले तोकेको ५ अर्ब रुपैयाँ चुक्ता पुँजीको लागि एकीकृत कारोबार पछि यसले ९० करोड रुपैयाँ बराबरको प्रिमियम मूल्यमा एफपीओ जारी गर्ने जनाएको छ ।एकीकृत कारोबार सुरु गर्नको लागि डाटा माइग्रेसनको काम गर्नुपर्ने भएकोले असार २९, ३० र ३१ गते दुवै कम्पनीले प्रदान गर्ने सम्पूर्ण सेवाहरु बन्द भएका छन् ।

प्रकाशित मिति : July 14, 2023 at 11:34 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/