६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

अन्तर बैंक ब्याजदर ०.९० प्रतिशतमा झर्याे, सीडी रेसियो कति ?

२८ असार, काठमाडाैं । पछिल्लाे समय तरलतामा सुधार देखिँदै गएकाे छ । तरलतामा सुधार देखिँदा अन्तर बैंक ब्याजदर पनि निरन्तर रूपमा घट्दै गएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंकहरुको अन्तरबैंक ब्याजदर १ प्रतिशतभन्दा तल आएको छ। असार २५ गतेसम्म अन्तरबैंक ब्याजदर  १.१० प्रतिशत रहेकाेमा असार २६ गते घटेर अन्तरबैंक ब्याजदर ०.९० कायम भएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार असार २६ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ५७ खर्ब ३६ अर्ब रुपैयाँ निक्षेप रहेको छ । बैंक तथा वित्तीय संस्थाहरूकाे कुल कर्जा प्रवाह ४८ खर्ब ५४ अर्ब रूपैयाँ रहेकाे छ ।

असार २६ गते बैंकहरूको औसत कर्जा- निक्षेप अनुपात (सीडी रेसियो) पनि झरेर ८१.६९ प्रतिशत कायम भएको छ। असार २५ गते बैंकहरूको औसत सीडी रेसियो ८२.११ प्रतिशत थियो।

प्रकाशित मिति : २८ असार २०८०, बिहीबार १३:१३