१० पुष २०८२, बिहीबार | Fri Dec 26 2025

बुधबार शिवम् सिमेन्टमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

२७ असार, काठमाडाैं । साताकाे चाैंथाे काराेबारकाे दिन बुधबार सेयर बजारमा दाेहाेराे अंककाे सुधार आएकाे छ । आज नेप्से २५.३१ अंकले बढेर दुई हजार ९७ दशमलब ५५ विन्दुमा बन्द भएको हो । आज तीन अर्ब १८ करोड ७६ लाख बराबरको कारोबार भएको छ ।

आज शिवम् सिमेन्टको सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे यस दिन ३३ करोड ९३ लाख रुपैयाँबढीको कारोबार भएको छ । त्यस्तै,हिमालयन लाइफ इन्स्योरेन्सको ९ करोड २३ लाख १६ हजार रुपैयाँ, सोल्टी होटलको ९ करोड १४ लाख १ हजार रुपैयाँ, नेपाल दुरसंचार प्राधिकरणको ८ करोड ५४ लाख ८० हजार रुपैयाँ र हिमालयन डिस्टीलरीको ६ करोड ९७ लाख ३१ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार १५:१५