१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

प्रभु र महालक्ष्मी लाइफ इन्स्योरेन्सकाे एकीकृत कारोबारकाे मिति तय, तीन दिन सबै सेवा बन्द रहने

२७ असार, काठमाडाैं । प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सकाे एकीकृत कारोबारकाे मिति तय भएकाे छ । मर्जर प्रक्रिया पूरा गरी प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सले यही असार २९ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका हुन् ।  दुई कम्पनी एक भएपछि अब प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सकाे नामबाट एकीकृत कारोबार सुरु हुने भएको हो।

यी दुई कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल धितोपत्र बोर्डले असार २६ गते र बिमा प्राधिकरणले जेठ २९ गते अन्तिम स्वीकृति दिइसकेको छ । यस्तै, कम्पनी रजिष्ट्रार कार्यालयले असार १८ गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको छ । यी दुवै कम्पनी १ः१ सेयर स्वाप रेसियोमा मर्ज भएका हुन्। दुवै कम्पनीबीच २०७९ असार ३० गते मर्जरमा जाने प्रारम्भिक सम्झौता र गत जेठ ३ गते अन्तिम सम्झौता भएको थियो।

एकीकृत कारोबार सुरु गर्नको लागि डाटा माइग्रेसनको काम गर्नुपर्ने भएकोले असार २९, ३० र ३१ गते २ दुवै कम्पनीले प्रदान गर्ने सम्पूर्ण सेवाहरु बन्द हुने भएका छन् ।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार १३:५३