१० भदौ २०८३, बुधबार | Thu Aug 27 2026
http://kk5.io/NADA2026

पशुपति क्षेत्र विकास कोषलाई प्रभु बैंकले दियाे १७ लाखकाे गाडी

२७ असार, काठमाडौं । प्रभु बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत पशुपति विकास कोषलाई हाइड्रोलिक गाडी हस्तान्तरण गरेको छ।संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई बैंकका प्रमुख कार्यकारी निर्देशक अशोक शेरचनले गाडीको चावी हस्तन्तरण गरेका हुन् ।

१७ लाख रुपैयाँ बराबरको यो गाडी फोहोर उठाउनका लागि प्रयोग गरिने बताइएको छ। पशुपति क्षेत्रमा दैनिक सिर्जना हुने फोहोरजन्य सामाग्री व्यवस्थापनका लागि गाडीले थप सहयोग पुग्ने अपेक्षा बैंकले गरेको छ।

गाडीको साँचो हस्तान्तरण गर्दै निर्देशक शेरचनले आगामी दिनमा पनि मन्त्रालय र पशुपति क्षेत्र विकास कोषसँग सहकार्य गरेर अगाडि बढ्ने बताए । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उपलब्ध गराइएको १७ लाख मूल्यको गाडी फोहोर उठाउन प्रयोग गरिनेछ ।

प्रकाशित मिति : July 12, 2023 at 1:08 pm