१० पुष २०८२, बिहीबार | Fri Dec 26 2025

‘लक्ष्मी भ्यालु फन्ड-२’का इकाइहरु साउन ५ बाट बिक्री खुला गरिँदै

२७ असार, काठमाडौं । लक्ष्मी क्यापिटल मार्केटले साउन ४ गतेदेखि लक्ष्मी भ्यालु फण्ड २ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने फण्ड १० वर्ष अवधिको हो । यो एक बन्दमुखी योजना हो ।

यो म्युचुअल फन्डका १० रुपैयाँ अंकित दरका कुल ८ करोड इकाइ बिक्री खुला गरिन लागेको हो। कुल इकाइमध्ये १ करोड २० लाख इकाइ वा कुल बिक्री भएको इकाइको १५ प्रतिशत कोष प्रवर्द्धक लक्ष्मी बैंकलाई सुरक्षित गरिएको छ । बाँकी ६ करोड ८० लाख इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्। यो म्युचुअल फन्डमा लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधिकतम ८० लाख इकाइका लागि छिटोमा साउन ९ गतेसम्म र ढिलोमा साउन १९ गतेसम्म खरिद आवेदन दिन सक्नेछन्।

क्यापिटलको फण्ड निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट रहेको छ । कम्पनीको फण्डमा इकाईधनीहरुले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार ११:२८