२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

याे सरकारको तागत झुट बोल्ने र अफवाह फैलाउने मात्रै हाेः केपी ओली

२६ असार, काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारको तागत झुट बोल्ने र अफवाह फैलाउने मात्रै रहेको बताएका छन् ।

मंगलबार नेकपा एमाले वागमती संगठन कमिटीको सातौँ बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले हल्ला फैलाउने काम मात्रै गरेको बताए ।

अध्यक्ष ओलीले अहिलेको सत्ता गठबन्धनमा उस्तै उस्तै दलहरु रहेकाले गठबन्धन कायम गर्न चाहिरहेको पनि बताए। उनले भने, ‘अहिलेको सरकारको तागत झूट बोल्ने, अफवाह फैलाउने मात्रै हो। गठबन्धनका मान्छेहरुको त्यही देखिन्छ। त्यसैले उनीहरु यो गठबन्धन कायम राख्न चाहन्छन् । अहिले उनीहरु उस्तै उस्ताहरु मिलेका छन् । हामीलाई सरकारमा जान हतारो भएको होइन हामीले त्यता हेरेको पनि छैनौं । सोचेका पनि छैनौं । हामी ग्रासरुटमा लाग्याैं। अहिले हामी अब मिसन २०८४ र मिसन ५१ प्रतिशत जित निकालेर आफ्नै एकल सरकार बनाउनेतिर लागेका छौं। यो सरकार बनाउने, जोगाउने किचलोमा लाग्ने फुर्सद छैन । हामीलाई यता र त्यताको टेको खोज्यो गर्नु छैन।’

अध्यक्ष ओलीले अहिलेको सत्ता गठबन्धन एमालेविरुद्ध हल्ला फैलाउन लागिपरेको पनि बताए । उनले आफूहरुलाई बदनाम गराउने कदम चालिएको बताए । उनले भने, “हल्ला गर्छन के के न भनेर। उहाँहरुलाई बदनाम गर्न मन लाग्छ । एमालेविरुद्ध हल्ला फैलाउन मन लाग्छ । हामी स्पष्ट हुनुपर्छ ।”

प्रकाशित मिति : July 11, 2023 at 3:41 pm