१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

नेकपाको नाम विवाद अाज टुंगिने, निर्वाचन अायोगको बैठक बस्दै

९ कात्तिक, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र ऋषि कट्टेल नेतृत्वको नेकपाको विवादबारे निर्वाचन आयोगले बिहीबारअाज निर्णय गर्ने भएको छ । बिहीबार बसेको  अायोगको बैठकमा नामका विषयमा विद्यमान कानुनी व्यवस्थाको बारेमा मात्र छलफल भएकाले निष्कर्ष निकाल्न नसकिएको आयोगको अाजको बैठकले निर्णय गर्ने आयुक्त ईश्वरी पौडेलले बताए।

नेपाल कम्युनिस्ट पार्टीको नामका बारेमा बुधबार सम्बन्धित दलबीच भएको छलफलमा सहमति हुन नसकेपछि निर्वाचन आयोगले नै यसबारे निर्णय गर्ने भएको हो । यसअघि नै नेकपाको नाममा पार्टी भएकाले सोही नाममा पुन: दिँदा विवाद आउनसक्ने र सर्वोच्च अदालतसम्म विवाद जाने भएकाले विचार गरेर निर्णय गर्ने कुरा पदाधिकारी छलफलमा आएकाले शुक्रबारलाई सारिएको आयुक्त पौडेलले बताए।

प्रकाशित मिति : October 26, 2018 at 8:06 am