१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

निर्मला हत्या प्रकरणः एसपी विष्ट र इन्सपेक्टर भट्टलाई बर्खास्त गर्दैमा राज्यको दायित्व पूरा हुन्छ ?

९ कात्तिक, काठमाडाैँ । पूर्व प्रधानमन्त्री समेत रहेका नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले एसपी दिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई बर्खास्त गर्दैमा राज्यको दायित्व पूरा नहुने बताएका छन्। सामाजिक सञ्जाल ट्वीटर मार्फत उनले अपराधी पत्ता लगाउन राज्यलाई निरन्तर थप दबाब दिनुपर्ने अावश्यकता रहेको समेत बताएका छन्।

निर्मालाबारे ट्वीट गर्दै भट्टरार्इले भनेका छन, ‘बिरालो बाँधेर श्राद्ध गरेझैं तीन महिना लगाएर केही प्रहरीलाई बर्खास्त गर्दैमा राज्यको दायित्व पूरा हुन्छ? जानीबुझी प्रमाण नष्ट गर्नु आदि अपराधिक कर्म हैनन् र ? त्यसबापत मुद्दा र दण्ड गर्नुपर्दैन? प्रमाण नष्ट गर्ने प्रहरी र बम दिदीबहिनी मार्फत किन अपराधी पत्ता लाग्दैन? दबाब जारी राखौँ!’

कञ्चनपुर भिमदत्तनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा प्रभावकारी कार्य सम्पादन तथा अनुसन्धान नगरी प्रमाण समेत नष्ट गर्ने एसपी विष्ट र इन्स्पेक्टर भट्टलाई गृहले बर्खास्त गरेपछि डा भट्टरार्इले यस्तो प्रतिक्रिया दिएका हुन ।

प्रकाशित मिति : October 26, 2018 at 7:44 am