२३ जेष्ठ २०८३, शनिबार | Sat Jun 6 2026

लोकप्रिया पुरस्कारबाट एकै पटक १८ महिला सर्जकहरू सम्मानित

२४ असार, काठमाडाैँ । साहित्यिक पत्रकार संघले लोकप्रिया पुरस्कारबाट अमेरिका र भारतका सिक्किम, गुवाहाटी, दार्जीलिङ, सिलगढीका वरिष्ठ महिला सर्जकहरूलाई सम्मान गरेको छ।

“लोकप्रिया पुरस्कारबाट साहित्यकारहरू लक्ष्मीदेवी राजभण्डारी (२०६२), डा. गार्गी शर्मा (२०६३), प्रा.डा. उषा ठाकुर (२०६४), सुशीला भण्डारी (२०६५), रन्जुश्री पराजुली (२०६६), प्राज्ञ उन्नति बोहरा “शीला” (२०६७), गीता उपाध्याय (२०६८, गुवाहाटी,) रुकु कार्की (२०६९), बेटी बज्राचार्य (२०७०), जलेश्वरी श्रेष्ठ (२०७१), पूनम काफ्ले (२०७२, अमेरिका), गङ्गा कसजू (२०७३), डा. ज्ञानु पाण्डे (२०७४), सुशीला देउजा (२०७५), गीता क्षेत्री (२०७६, दार्जीलिङ), वीणा हाङ्खिम (२०७७, दार्जीलिङ), डा. पुष्पा शर्मा (२०७८, सिक्किम) र लतिका जोशी (२०७९, सिलगढी) रहेका छन ।

उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ सर्जक गणेश रसिकले सो सम्मान प्रदान  गरेका थिए । कार्यक्रममा वरिष्ठ समालोचक प्रमोद प्रधानले पुरस्कृत साहित्यकारहरू लक्ष्मीदेवी राजभण्डारी, डा. गार्गी शर्मा, डा. उषा ठाकुर, सुशीला भण्डारी, रन्जुश्री पराजुली, प्राज्ञ उन्नति बोहरा “शीला”, रुकु कार्की, बेटी बज्राचार्य, जलेश्वरी श्रेष्ठ, गङ्गा कसजू, डा. ज्ञानु पाण्डे र सुशीला देउजाको साहित्यिक योगदानबारे चर्चा  गरेका थिए ।

यसैगरी समालोचक ज्ञानु अधिकारीले पुरस्कृत साहित्यकारहरू गीता उपाध्याय, पूनम काफ्ले, डा. गीता क्षेत्री, डा. वीणा हाङ्खिम, डा. पुष्पा शर्मा र लतिका जोशीको साहित्यिक योगदानबारे चर्चा गरिन ।

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि गणेश रसिक, अध्यक्ष लेकाली, लोकप्रिया पुरस्कारका संस्थापक शशी रिमाल, सम्मानित स्रष्टाहरू डा. ज्ञानु पाण्डे, डा. पुष्पा शर्मा, डा. वीणा हाङ्खिम, डा. गीता क्षेत्री, लतिका जोशीलगायतले आआफ्नो मन्तव्य राखेका थिए ।

सो पुरस्कार वि. सं. २०४४ सालमा महाकवि लक्ष्मीप्रसाद देवकोटाकी दिदी साहित्यकार लोकप्रियादेवीको नाममा उहाँकी छोरी साहित्यकार शशी रिमालले स्थापना गरेकी हुन् । नगद तीन हजार एकसय राशि रहेको “लोकप्रिया पुरस्कार”बाट यसअघि साहित्यकारहरू गोमा शर्मा, छिन्नलता (रमोलादेवी शाह), लख्खीदेवी सुन्दास (दार्जीलिङ), मोतीलक्ष्मी उपासिका, डा. वानीरा गिरि, रमा शर्मा, गीता केशरी, देवकुमारी थापा, शान्ता श्रेष्ठ, चन्द्रकला नेवार, हिरण्यकुमारी पाठक, भुवन ढुंगाना, अनीता तुलाधर, उषा शेरचन, सीता पाण्डे, राधिका राया, रेवती राजभण्डारी र पीताम्बरा शर्मा पीयूष सम्मानित भइसकेका छन ।

कार्यक्रममा वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, वरिष्ठ साहित्यकार हिरण्यकुमारी पाठक, वरिष्ठ सङ्गीतकार बुलु मुकारुङ, वरिष्ठ इन्जिनियर एवं वास्तुकलाविद् शंकरनाथ रिमाललगायतको विशेष उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन साहित्यकार मन्जिला अनिलले गरेकी थिइन ।

प्रकाशित मिति : July 9, 2023 at 11:22 am