१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

दशैँको टीकाबारे बोले वामदेव ‘सबैले उठीउठी लगाउन हुने तर उसले घुँडा टेकेरै लगाउनु पर्ने’

८ कात्तिक, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामदेव गाैतमले राष्ट्रपतिको टीका विवादबारे मुख खोलेका छन । बिहीबार बसेको नेकपाको सचिवालय बैठकमा नेता गाैतमले अनाैपचारिक ढंगले अाफ्नो कुरा राख्दै पदमुक्त गरिएका पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीको अालोचना गरे ।

बैठकमा दसैँको दिन राष्टपतिले लगाइदिएको टीकाको विषयको प्रसंग निकाल्दै नेता गाैतमले सबैले उठीउठी टीका लगाउन हुने तर उसले (पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीलाई संकेत गर्दै) घुँडा टेकेरै लगाउनु पर्ने भन्दै अापत्ति जनाए । राष्ट्रपतिसँग दसैँको टीका लगाउन जाँदा स्वयं गौतमले पनि उभिएरै टीका लगाएका थिए ।

आफूलगायत अन्यले समेत उभिइउभिई टीका लगाएको भए पनि पूर्व प्रधानन्यायाधीश पराजुलीले भने टीका लगाउँदा घुडा टेकेको भन्दै उनले रोष प्रकट गरे । गाैतमले रोष प्रकट गरेको भिडियो उज्यालोअनलाइनले सार्वजनिक गरेको छ । उज्यालोको भिडियो तल हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : October 25, 2018 at 7:37 pm