१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

आईपीओ निष्काशन गर्दै सन नेपाल लाइफ इन्स्योरेन्स, प्रतिकित्ता मूल्य कति ?

२२ असार, काठमाडाैं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएकाे छ । कम्पनीले  वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि साउन १ गतेदेखि आईपीओ निश्कासन गर्ने भएको हाे ।

कम्पनीले आफ्नो जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणलाई जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
यसको १० प्रतिशत अर्थात् ९ लाख ६० हजार कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई जारी गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरेर २३९ रुपैयाँ दरमा आईपीओ जारी गर्न लागेको हो । इच्छुक लगानीकर्ताले साउन १५ गतेभित्र कम्पनीको आईपीओ खरीदका लागि आवेदन दिइसक्नुपर्नेछ ।

लगानीकर्ताले उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ रहेको छ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार ११:४९