१८ जेष्ठ २०८३, सोमबार | Mon Jun 1 2026

७ नयाँ ब्रोकर कम्पनीले नेप्सेबाट पाए कारोबार सदस्यता

२२ असार, काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ७ वटा नयाँ ब्रोकर कम्पनीलाई कारोबार सदस्यता प्रदान गरेको छ। बिहीबार नेप्सेले ती सात नयाँ ब्रोकर कम्पनीलाई कारोबार सदस्यता प्रदान गरेको हो ।

नेप्से सञ्चालक समितिको बुधबार बसेको बैठकले मापदण्ड पूरा गरेका नयाँ ब्रोकर कम्पनीलाई कारोबार सदस्यता प्रदान गर्ने निर्णय गरेको थियो। सोही निर्णयबमोजिम भौतिक र प्राविधिक रुपमा सबै मापदण्ड पूरा गरेका ७ वटा ब्रोकर कम्पनीलाई कारोबार सदस्यता प्रदान गरिएको हाे ।

सन सेक्युरिटिज, हिमालयन ब्रोकरेज, मियो सेक्युरिटिज, सेयरप्रो सेक्युरिटिज, भोले गणेश सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज र प्रोपर्टी विजार्डले कारोबार सदस्यता पाएका हुन् ।

सेबोनमा आवेदन दिएका ४३ वटा कम्पनीमध्ये १८ वटा कम्पनीले नयाँ ब्रोकर लाइसेन्स पाएका थिए। सेबोनबाट दोस्रो चरणमा लाइसेन्स पाएका ११ वटाले पनि कारोबार सदस्यताका लागि नेप्सेमा निवेदन दिइसकेका छन्। तीमध्ये १० वटा कम्पनीको फाइनल अध्ययन गरेर नेप्सेले कारोबार सदस्यता प्रदानका लागि आशयपत्र (एलओआई) दिइसकेको छ। नेप्सेले अब ती कम्पनीको भौतिक तथा प्राविधिक पूर्वाधार निरीक्षण गरीमात्रै कारोबार सदस्यता प्रदान गर्ने जनाइएको छ।

प्रकाशित मिति : July 7, 2023 at 11:02 am