११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026
http://kk5.io/NADA2026

४ अर्ब ४ करोडकाे ऋणपत्र निष्कासन गर्दै नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, कति पाइन्छ ब्याज ?

२१ असार, काठमाडाैं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ऋणपत्र निष्कासन गर्ने भएकाे छ । बैंकले ऋणपत्र निष्कासनकाे अनुमति माग्दै असार १९ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएकाे हाे ।

धितोपत्र बोर्डले अनुमति दिएसँगै बैंकले १ हजार रुपैयाँ अंकित दरमा ४ अर्ब ४ करोड रुपैयाँ बराबरको  कुल ४० लाख ४० हजार इकाइ ऋणपत्र निष्कासन गर्नेछ।

बैंकले कुल इकाइमध्ये २४ लाख २४ हजार व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी १६ लाख १६ हजार इकाइ सर्वसाधारणका लागि जारी गर्नेछ। ‘एनआईएमबी डिबेन्च–२०९०’नामक यो ऋणपत्र १० वर्षे अवधिको रहने छ भने यसमा लगानीकर्ताले वार्षिक १० प्रतिशत ब्याज पाउनेछन्। बैंककाे ऋणपत्र बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

प्रकाशित मिति : July 6, 2023 at 1:19 pm