२६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026

असार २८ देखि आईपीओ निष्काशन गर्दै माण्डु हाइड्रोपावर, क-कसले दिन पाउछन् आवेदन ?

२१ असार, काठमाडाैं । माण्डु हाइड्रोपावर लिमिटेडले असार २८ गतेदेखि प्रिमियममा आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले १०० अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम मूल्य थप गरी २०६ रुपैयाँमा आईपीओ बिक्री खुला गर्ने भएको हो। कम्पनीले जारी पुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको १२ प्रतिशतले हुन आउने १६ लाख ३६ हजार ३७० कित्ता आईपीओ बिक्री गर्ने अनुमति पाएको छ।

कुल कित्तामध्ये २ प्रतिशत हुन आउने २ लाख ७२ हजार ७३० कित्ता सेयर कम्पनीले स्थानीय बासिन्दाहरुका लागि जारी गर्नेछ। यो आईपीओमा ललितपुर जिल्लाको बागमती गाउँपालिका वडा नं. १ र २, मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका वडा नं. ५, ६, ७ र ८ तथा इन्द्र सरोपर गाउँपालिका वडा नं. ३ का स्थानीय बासिन्दाले आवेदन दिन पाउनेछन्।

यसैगरी, कम्पनीले सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये १० प्रतिशतले हुन आउने १ लाख ३६ हजार ३६४ कित्ता विदेशमा रहेका नेपाली श्रमिकका लागि निष्कासन हुनेछ। उक्त आईपीओमा न्यूनतम १० कित्तासम्म र अधिकतममा ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा साउन ११ गते हुनेछ भने ढिलोमा साउन २६ गते हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने साउन ११ गतेभित्र आवेदन दिनु पर्नेछ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। स्थानिय बासिन्दाले आयोजना स्थल, कुमारी बैंक, प्रभु बैंक तथा प्रभु क्यापिटलका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै प्रभु क्यापिटलले निर्माण गरेको अनलाईन लिङ्कमा आई पनि आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : July 6, 2023 at 10:29 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/