अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओ बाँडफाँड मिति तय, सेयर पाउने भाग्यमानी कति ?
२० असार, काठमाडाैं । अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडकाे आईपीओ बाँडफाँडको मिति तय भएकाे छ । कम्पनीले असार १० गतेदेखि असार १३ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेकाे आईपीओ असार २२ गते शुक्रबार बाँडफाँड गर्ने तयारी गरेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको हो ।
कम्पनीको आइपीओमा अन्तिम दिनसम्म १२ लाख ८२ हजार ४६३ जना आवेदकले १ करोड ३९ लाख ६४ हजार ७१० कित्ताका लागि आवेदन दिएका थिए । याे मागभन्दा मागभन्दा २५.८८ गुणा बढी हाे । कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँड गरिनेछ । गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ५३ हजार ९५० जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १२ लाख २८ हजार ५१३ जनाको भने हात खाली हुनेछ ।
प्रकाशित मिति : 12:24









