नेकपा केन्द्रीय सदस्यको कार्यविभाजन र प्रदेश सदस्यको चयन गर्ने जिम्मा पाैडेल र थापालार्इ
८ कात्तिक, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाले केन्द्रीय सदस्यको कार्यविभाजन र प्रदेश कमिटीका सदस्य चयनको जिम्मा महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापाले पाएका छन ।
बिहीबारको सचिवालय बैठकले प्रदेश कमिटीका सदस्यहरु चयन गर्न र केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्न दुई सदस्यीय कार्यदल गठन गरेको हो । दुर्इ सदस्यीय कार्यदलले कार्यविभाभजन र सदस्यको सिफारिस सचिवालय बैठकमा गर्नेछ ।
बैठकपछि बैठकपछि महासचिव पौडेलले प्रदेश कमिटीका सदस्यहरु निश्चित मापदण्डका आधारमा चयन गरी सचिवालय बैठमा पेश गर्ने जानकारी दिए । नेकपाले प्रदेश कमिटीका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव यसअघि नै चयन गरिसकेको छ ।
प्रकाशित मिति : ८ कार्तिक २०७५, बिहीबार १५:४३