८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

युएईले नेपालाई दियो १८२ रनको लक्ष्य

१७ असार, काठमाडाैं । जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत आज भएको सातौँ स्थानको प्लेअफ खेलमा संयुक्त अरब इमिरेट्स (युएई) ले नेपाललाई जितको लागि एक सय ८२ रनको लक्ष्य दिएको छ ।

जिम्बावेको हरारेमा रहेको टाकासिङ्गा स्पोर्टस् क्लबमा टस हारेर पहिले ब्याटिङ थालेको युएई ४६ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै एक सय ८१ रनको योगफल बनायो । युएईका लागि वृत्य अरबिन्दले सर्वाधिक ४४ रनको योगदान दिए । उनले ७५ बलमा ४ चौकाको मद्दतमा ४४ रन बनाएका हुन् ।

त्यस्तै रोहन मुस्तफालले ३५ रन बनाए भने आर्यांश शर्र्माले २८ रन जोडे । बसिल हमिदले २९ रन बनाए भने सञ्चित शर्माले १२ रन तथा रमिज शाहजादले १० रन बनाए । बलिङतर्फ नेपालका सन्दिप लामिछाने र करण केसीले समान ३/३ विकेट लिए भने प्रतिस जिसी, गुलसन झा र दीपेन्द्रसिंह ऐरीले समान १/१ विकेट लिए ।

यस खेलको विजेताले सातौँ स्थानको लागि मङ्गलबार आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ भने पराजित टोलीले नवाैँ स्थानका लागि अमेरिकासँग खेल्नेछ । अहिले नेपाल जवाफी ब्याटिङमा उत्रेको छ ।

प्रकाशित मिति : १७ असार २०८०, आईतवार १७:०२