रकमान्तरको लुटविरूद्ध खानेपानी मन्त्री मगर, छानबिन गर्न सात वटै प्रदेशमा समिति
८ कात्तिक, काठमाडाैँ । खानेपानी तथा सरसफाइ मन्त्रालयले रकमान्तरबारे छानबिन गर्न सात वटै प्रदेशमा छानविन समिति गठन गरेको छ।खानेपानी मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरको अध्यक्षतामा बसेको बैठकले छानबिन टोली गठन गरेको हो।
बैठकले रकमान्तरका विषयमा भएको यथार्थ १५ दिनभित्र बुझाउन टोलीलाई निर्देशन पनि दिएको छ। अनुगमनमा टोलीमा प्रदेश १ मा अरुण सिम्खडा, कमलकान्त पौडेल र नरेश रेग्मी, प्रदेश २ मा नन्दलाल बञ्जाडे, नारायण पाण्डे र समित यादव, प्रदेश ३ मा रमाकान्त दुवाडी, अनोज उपाध्याय र रामचन्द्र ढंगाल, प्रदेश ४ मा चन्द्रबहादुर केसी, महेन्द्र महर्जन र लोकबहादुर खड्का रहेका छन ।
यसैगरी प्रदेश ५ मा प्रदीप मुडवरी, तिलकराम श्रेष्ठ र राजेन्द्र घिमिरे, प्रदेश ६ मा प्रेमकृष्ण सिंह, सुधिर शाह र नवराज न्यौपाने र प्रदेश ७ मा पूर्णप्रसाद उपाध्याय, मधुसुदन खनाल र भक्तबहादुर शाह रहेका छन्। अनुगमन टोलीले रकमान्तरका विषयमा अध्ययन र छानबिन गर्नेछ। यसैबीच खानेपानी मन्त्री बिना मगरले रकमान्तर गरी बदमासी गरेको पाइएमा कसैलाई छुट नदिने बताएकी छिन ।
मन्त्री मगरले यथार्थ विवरण आएपछि थप निर्णय लिने बताएकी छिन । मन्त्रालयको स्वीकृतिबिना गरिएको रकमान्तर मान्य नहुने भन्दै यथाशिघ्र छानबिन टोली गठन गर्न खानेपानी मन्त्री मगरले सचिव ठाकुरलाई निर्देशन दिएकी थिइन ।
प्रकाशित मिति : ८ कार्तिक २०७५, बिहीबार १३:०९