२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

सेयर बजारमा उच्च अंककाे गिरावट, ५ अर्ब ८ करोडकाे काराेबार

१७ असार, काठमाडाैं । साताकाे पहिलाे काराेबारकाे दिन आइतबार सेयर बजारमा उच्च अंककाे गिरावट आएकाे छ । गत साताको अन्तिम कारोबारको दिन राताम्य भएर बन्द भएकाे बजारमा आज साताको पहिलो काराेबारकाे दि दिन समेत सोहि निरन्तरता पाएको छ ।  आज नेप्से ५३.७० अंकले घटेर दुई हजार ९७ दशमलब २९ विन्दुमा बन्द भएको हो । आज ५ अर्ब ८ करोड १९ लाख बराबरको कारोबार भएको छ ।

आज दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज बिपिडब्लु लघुवित्त र सिटी होटलको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । आज सबैभन्दा बढी श्रृजनशील लघुवित्त वित्तीय संस्था र माउन्टेन इनर्जीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस दिन हिमालयन लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ४२ करोड ५६ लाख ५४ हजार रुपैया बराबरको कारोबार भएको छ ।

प्रकाशित मिति : 15:23