६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

आइतबार पनि बढ्यो सुनको मूल्य, कति पुग्याे ताेलाकाे ?

१७ असार, काठमाडाैं । साताको पहिलो कारोबार दिन आइतबार पनि सुनको मूल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १० हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५५० रुपैयाँ कायम भएको छ।

गत शुक्रबार पनि सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ९ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १ लाख ३७० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर  १ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : १७ असार २०८०, आईतवार ११:०९