२६ आश्विन २०८३, सोमबार | Tue Oct 13 2026

श्री एयरलाइन्सका सबै उडान स्थगित

१७ असार, काठमाडौं । श्री एयरलाइन्सले आज आइतबारका सबै उडान स्थगित गरेको छ।  सबै विमानहरुको प्राविधिक परीक्षण गर्नका लागि आजको सबै उडान स्थगित गरिएको एयरलाइन्सले जनाएको छ ।

शनिबार मात्रै श्री एयरलाइन्सको काठमाडौंदेखि धनगढीका लागि उडेको विमान प्राविधिक समस्या देखिएपछि काठमाडौंनै फर्काइएको थियो । एयरलाइन्सले एक विज्ञप्ति जारी गर्दै ‘प्राविधिक समस्या’ सामना गर्नु परेका कारण असार १७ गतेका सबै आन्तरिक उडान स्थगित गरेको जनाएको हो।

आज सबै विमानहरुको परीक्षण गरेपछि सोमबारदेखि सबै उडानहरु नियमित रुपमा सञ्चालनमा आउनले एयरलाइन्सले जनाएको छ ।

प्रकाशित मिति : July 2, 2023 at 10:49 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/