एन्काद्वारा खेलाडी सम्मान, प्रसिडेन्ट अवार्ड प्रमेश गिरीलाई
एडिलेड । एडिलेड नेप्लिज क्रिकेट एशोसियसन(एन्का)ले आफ्ना गत वर्षका उत्कृष्ट खेलाडीहरुको सम्मान गरेको छ ।
कार्यक्रममा एन्काले २०२२/२३ सिजनमा विभिन्न विधाका उत्कृष्ट भएका खेलाडीहरुलाई सम्मान गरेको थियो । जसमा प्रेसिडेन्टअवार्डबाट प्रमेश गिरी सम्मानित भएका थिए । सो सम्मानका लागि गरी सहित, अनिस खत्री, अरोज महर्जन मनोनीत भएका थिए ।
यसै गरि गत सिजनको भ्यालुयवल प्लेयर सम्मानबाट उमेश बडु(पुरुष), अनिता सिह(महिला), इभाषा श्रेष्ठ (जुनियर) सम्मानित भएकाथिए । भने वेस्ट प्लेयर अफ द सिजन सम्मानबाट प्रमेश गिरी(पुरुष), श्रीजा कडेल(महिला), शुभान कडेल(जुनियर) सम्मानित भएकाथिए ।
बेस्ट प्रफरमेन्ट अन फिल्डबाट सागर कडेल(पुरुष) र इशान पौडेल (जुनियर) सम्मानित भए । यसै गरि बिज्ञान लुइटेल (पुरुष) र विभोरदहाल (जुनियर) बेस्ट बलको उपाधीबाट सम्मानित भए । वेस्ट व्याट्स म्यानका रुपमा मनिस खकुरेल (पुरुष) र स्विकृति वाग्ले(जुनियर) सम्मानित भए ।
एन्का सनसाईन सम्मान सुनिता मास्के र इमर्जिङ प्लेयरबाट बिज्ञान लुइटेललाई प्रदान गरियो ।
अष्ट्रेलियाको राजधानी क्यानवेरामा सम्पन्न पाचौ ओशियाना नेपाली खेलकुद मिटमा साउथ अष्ट्रेलियाबाट सहभागी भई विजयी भएकाक्रिकेटका खेलाडीहरुलाई समेत साउथ अष्ट्रेलिया सरकारकी पुर्व मन्त्री जिङ् लीले सम्मान गरेकी थिईन ।
अष्ट्रेलियन क्रिकेट टिमका पुर्व सदस्य जो मेनीको विशेष आतिथ्यमा भएको कार्यक्रममा मेनीले एन्का जेम्सका बालबालिकाहरुलाईमेडल सहित सम्मानित गरेका थिए ।
कार्यक्रममा विज्ञापनदाताहरु सहित विभिन्न कार्यक्रमहरुमा सहयोग गरे बापत एडिलेड नेपाली विद्यालय र एडिलेड नेपालीपाठशालालाइ समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा साउथ अष्ट्रेलिया सरकारको पुर्व मन्त्री जिङ लीले क्रिकेट मार्फत एन्काले बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीसमुदायलाई जोडेको बताउदै प्रशंसा गरेकी थिईन । उनले एन्काको सहयोगका लागी साउथ अष्ट्रेलियाको संसद भवनमा २० जनाकालागी लन्चको आयोजना गर्ने र त्यसबाट प्राप्त हुने रकम एन्कालाई सहयोग गर्ने समेत बताईन । एन्काको सल्लाहकार पारा ओलम्पियनक्ट्रीना ओएभले एन्काले समुदायमा पुराएको योगदानको प्रशंसा गरेकी थिईन । कार्यक्रममा साउथ अष्ट्रेलियाका लागी नेपालीवाणिज्यदुत दिपक धमला, एनआरएनए साउथ अष्ट्रेलिया संयोजक रेनुका लामा समेतले सम्मानितहरुलाई ट्रफि वितरण गरेका थिए ।
एन्का अध्यक्ष विजय जोशीले गत सिजनमा क्लव, खेलाडी, विज्ञापनदाता सहित सहयोगीहरु धन्यवाद दिदै सहयोगलाई आगामीबर्षहरुमा जारी रहने विश्वास व्यक्त गरेका थिए ।
एन्का सचिव सन्तोष अधिकारीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको संचालन पव्लिक रिलेसन अफिसर दिपक क्षेत्रीले गरेकाथिए |
प्रकाशित मिति : १६ असार २०८०, शनिबार १६:४६