११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026
http://kk5.io/NADA2026

ललिता निवास प्रकरणमा पक्राउ परेकाकाे निवेदनमा आधार र कारण पेश गर्न सर्वोच्चको आदेश

१५ असार, काठमाडाैं । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका तीन जनाले दिएको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्चले कारण देखाऊ आदेश दिएको छ।

सर्वोच्च अदालतका अनुसार न्यायाधीश कुमार चुडालको एकल इजलासले शुक्रबार उनीहरूको निवेदनमाथि सुनुवाइ गर्दै कारण देखाऊ आदेश दिएको हो।

 ‘सबैको बहस सुनियो यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिम बन्दी प्रत्यक्षीकरणको आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुन नपर्ने मनासिबआधार, कारण र प्रमाण भए सो समेत खुलाई यो सूचना म्याद प्राप्त भएको मितिले बाटाको म्यादबाहेक २४ घण्टाभित्र कागज प्रमाणहरु सहित महान्यायाधीवक्ताको कार्यालय मार्फत लिखित जवाफ पेश गर्नु भनी यो आदेश र विपक्षीहरूको नाममा म्याद सूचना जारी गरी लिखित जवाफ परे वा अवधिव्यतित भएपछि नियमानुसार पेश गर्नू।’ सर्वोच्चद्वारा जारी आदेशमा उल्लेख छ।

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, गोपालकार्की,पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, र धर्मप्रसाद गौतमलाई असार १२ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले किर्ते कसुरमा पक्राउ गरेको थियो। मुद्दाको हदम्याद सकिएको, यो प्रकरणमा जोडिएका १७ जनाविरुद्ध सर्वोच्चले एक वर्ष अगाडि नै फक्राउ नगर्नु भन्ने आदेश दिएकोले आफूलाई थुना मुक्त गर्नुपर्ने माग गर्दै दायर गरेको रिटमा आज सर्वोच्चले गृहमन्त्रालयसँग जवाफ मागेको हो ।

प्रकाशित मिति : June 30, 2023 at 5:07 pm