१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

रेमिट्यान्स बजारमा बलियो उपस्थिति जनाउँदै नेपाल रेमिट, अबदेखि नबिल बैंकमा सीधै रेमिट्यान्स प्राप्त गर्न सकिने

१५ असार, काठमाडाैं । विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको नेपाल रेमिट इन्टरनेसनल प्रालि र नबिल बैंक लिमिटेडबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ।

सम्झौतासँगै विश्वका विभिन्न मुलुकबाट नेपाल रेमिटमार्फत पठाएको रकम नबिल बैंकको सीधै बैंक खातामा तथा नबिल बैंकका शाखा कार्यालयमार्फत सहजै प्राप्त गर्न सकिन्छ। रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौतापत्रमा नेपाल रेमिटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सागर खनाल र नबिल बैंकका तर्फबाट रेमिट्यान्स हेड मनषिा श्रेष्ठले हस्ताक्षर गरेका छन्।

नेपाल रेमिटले विगत १७ वर्षदेखि विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ। डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिँदै आएको नेपाल रेमिटले नेपालमा रहेका थुप्रै बैंक तथा वित्तीय संस्थाहरुबाट ग्राहकका खातामा रियल टाइम नै रेमिट्यान्स भित्र्याउँदै आएको छ। जसबाट नेपालमा रेमिट्यान्स भित्र्याई देशको अर्थतन्त्र सुदृढिकरणमा समेत टेवा पुग्ने गर्दछ।

यस सम्झौतासँगै विदेशबाट पठाएको रकम बैंकिङ च्यानलमार्फत भुक्तानी गर्न तथा सम्बन्धित व्यक्तिले रकम प्राप्त गर्न थप सहजीकरण हुने नेपाल रेमिटका नायब महाप्रबन्धक देवबहादुर थापाले जानकारी दिए।

सन् १९८४ मा स्थापना भएको नबिल बैंकले नेपालको आर्थिक क्षेत्रको विकासमा अग्रणी पहिचान बनाउँदै आएको छ। उत्कृष्ट सेवा, प्रविधिको भरपुर उपयोग र नवीनतम उत्पादन सदैव बैंकका मुख्य स्तम्भका रुमपा रहँदै आएका छन्।

नबिल बैंकले धेरै शाखाबाट सेवा प्रदान गर्नुका साथै कार्ड, विप्रेषण र लगानीमैत्री सेवा गरी सबैखाले बैंकिङ सेवाको सुविधा दिँदै आएको छ। हाल बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा २५५ शाखा कार्यालय, २८३ एटीमए नेटवर्क, विप्रेषण एजेन्ट र अधिक पीएसओ टर्मिनल्सबाट सेवा उपलब्ध गराइरहेको छ।

नबिल बैंकको १७० अन्तर्राष्ट्रिय बैंकहरुसँग सहकार्य रहँदै आएको छ। बैंकले नबिल इन्भेस्टमेन्ट बैंकिङमार्फत लगानीसमेत गरिरहेको छ।

प्रकाशित मिति : June 30, 2023 at 4:02 pm