२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

गठबन्धन सरकारको मिशन नै भ्रष्टाचार काण्डको फाईल खोल्ने होः मन्त्री गुरुङ

१५ असार, काठमाडाैं ।  कानून, न्यायतथा संसदीयमामिलामन्त्रीधनराज गुरुङले गठबन्धन सकराको मिशन नै भ्रष्टाचार काण्डको भुङग्रोबाट जनतालाई मुक्तगाराउनु भएको बताएका छन् ।

शुक्रबार काठमाडौंमाआयोजित राष्ट्रिय प्रशिक्षण कार्यक्रममा मन्त्री गुरुङले आफुहरुले भ्रष्टाचारको भुङग्रोमा अगुल्टो ठोस्ने काम नगर्ने भन्दै त्यसलाईं निभाउने काम गर्ने बताएका हुन्।

उनले भने ‘ गठबन्धन सरकारले पनि भ्रष्टाचारको ठूला ठूला काण्डको निष्पक्ष छानविन गरेर मुलुकममा सुशासन स्थापना गर्ने मिशनका साथ अगाडि बढिरहेको छ । त्यसैले सदियौंदेखि भ्रष्टाचारको भुङग्रोमा जनता छट्पटाई रहेको अवस्थामा अहिले हामी फेरि भ्रष्टचारको भुङग्रोमा अगुल्टो ठोस्ने काम गर्दैनौं । अगुल्टो निभाउने काम गर्छौ । र नेपाली जनतालाई भ्रष्टचारको भुङग्रोबाट बाहिर निकाल्ने काम यो सरकारले गर्छ । गठबन्धन सरकारले गर्छ ,। यो मिसनबाट गठबन्धन सरकार पछि हट्दैन् । एक पछि अर्को गर्दै भ्रष्टाचार काण्डको फाईल खोल्दै खाल्दै जाने हो ।

वर्तमान सकरकारले भ्रष्टचारको काण्डलाई निर्मुल पार्ने काम गर्ने उनको भनाइ छ । उनले भने ‘ यो गठबन्धन सरकार ढल्छ यो सरकार ढलिहाल्छ भन्ने पनि सुन्छु तर यो ढल्दैन् ।यदि कसैले यो गठबन्धन ढलिहाल्छ की गईहाल्की भनेर आशमा गर्छ भने ,भोकाएको स्यालले हात्ती मरोस भनेर सराप्दैमा हात्ती मर्दैन । हल्लाको पछाडि लगाएर पार्टी र सरकारलाई कमजोर पार्ने काम गरेको बताए। त्यसैले हामी ठीक दिशामा छौं ।

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार १२:२८