६ आश्विन २०८१, आईतवार | Mon Sep 23 2024

पोखरामा आज सातवटै प्रदेशका मुख्यमन्त्री भेला, प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने

१५ असार, काठमाडौं । मुलुकका सातवटै प्रदेशका मुख्यमन्त्रीहरू आज पोखरामा भेला हुने भएका छन् । शुक्रवार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको विशेष अगुवाइमा सातै प्रदेशका मुख्यमन्त्रीहरू पोखरामा भेला हुन लागेका हुन् ।

उनीहरु आजशुक्रवार र शनिवार संघीयता र प्रदेशका हक अधिकारका बारेमा छलफलमा जुट्ने छन् । मुख्यमन्त्रीहरूको सम्मेलनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

मुख्यमन्त्री सम्मेलनमा प्रदेशले गरेका उपलब्धि र अधिकारका विषयमा दफावार छलफल हुने र घोषणा पत्र जारी हुनेछ । मुलुकमा प्रदेश संरचना सुरु भएपछि सातै प्रदेशका मुख्यमन्त्रीहरुको यो दोस्रो भेला हो ।

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार ११:४१