६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

अन्तिम कारोबार दिन बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?

१५ असार, काठमाडाैं । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ९ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार १०० रुपैयाँ कायम भएको छ।

अघिल्लाे काराेबारकाे दिन बिहीबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ९ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेर १ हजार ३६० रुपैयाँ कायम भएको छ। बिहीबार पनि चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार ३७० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार ११:१७