८ असार २०८३, सोमबार | Mon Jun 22 2026

सर्वसाधारणका लागि असार २६ देखि आईपीओ निष्काशन गर्दै कुथेली बुखरी स्मल हाइड्रोपावर

१४ असार, काठमाडाैं । कुथेली बुखरी स्मल हाइड्रोपावरले असार २६ गतेबाट सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।

कम्पनीले जारी पुँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँको १० प्रतिशतले हुन आउने १ करोड २१ लाख ८६ हजार ७०० रुपैयाँबराबर अर्थात १०० रुपैयाँ अंकित दरका कुल १ लाख २१ हजार ८६७ कित्ता आईपीओ सर्वसाधारणका लागि छुट्याएको थियो। त्यसमध्ये १० प्रतिशतले हुन आउने १२ हजार १८६ कित्ता सेयर कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई र ५ प्रतिशतले हुन आउने ६ हजार ९३ कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गरिसकेको छ।

साथै, २ प्रतिशतले हुन आउने २ हजार ४ सय ३७ कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी १ लाख १ हजार १५१ कित्ता सेयरमा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्। कम्पनीकाे आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्मका लागि  छिटोमा असार २९ गते र ढिलोमा साउन ९ गतेसम्म खरिद आवेदन दिन पाउनेछन्। कम्पनीकाे आईपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालय तथा सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : June 29, 2023 at 9:29 am