१३ मंसिर २०८१, बिहीबार | Thu Nov 28 2024

नेकपाका अध्यक्ष प्रचण्ड एक दिनका लागि भोलि दिल्ली जाँदै, यस्तो छ कार्यक्रम

८ कात्तिक, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोलि शुक्रबार फेरि भारत जाने भएका छन । अध्यक्ष प्रचण्ड इण्डिया फाउण्डेसनको पाँचाैँ कन्केलेभको प्रमुख अतिथिका रूपमा भोलि दिल्ली जान लागेका हुन ।

नागरिक घोषणापत्र र विचारको बहस मुख्य थिम रहेको कन्केलेभमा प्रचण्डले गर्ने भाषणको पूर्ण पाठ परराष्ट्र मन्त्रालयले तयार पारेर पठाइसकेको बुझिएको छ ।

प्रचण्ड शुक्रबार बिहान ९ बजे दिल्ली गएर बेलुकी ८ बजे नै नेपाल फर्कने कार्यक्रम रहेको छ । प्रचण्ड अोलीसँगको छलफलमै दिल्ली जान लागेको नेकपाको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७५, बिहीबार १०:४२