उच्च अंककाे गिरावट आएकाे बजारमा बुधबार यी कम्पनीकाे भयाे सर्वाधिक काराेबार
१३ असार, काठमाडाैं । साताकाे चाैंथाे काराेबारकाे दिन बुधबार सेयर बजारमा उच्च अंककाे गिरावट आएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३५.३७ अकंले घटेर २१५०.९९ बिन्दुमा बन्द भएको छ । आज २८० कम्पनीको १ कराड ३३ लाख ४२ हजार ९९६ कित्ता सेयर किनबेच हुदाँ ५ अर्ब ९७ करोड २२ लाख ८६ हजार ४८१ रुपैयाँको कारोबार भएको छ ।
आज हिमालयन लाइफको सर्वाधिक सेयर खरिदबिक्रि भएको छ। कम्पनीको आज ८३ करोड ७० लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्रि भएको छ। त्यस्तै, शिवम् सिमेन्ट,सोल्टि होटल, एशियन लाइफ, आइएमई प्रुडेन्सियल इन्स्योरेन्स, फस्ट माईक्रोफाइनान्स, हिमालयन डिष्टलरी, नागरिक लगानी कोष, नेपाल लाइफ र सूर्या ज्योति लाइफको आज सर्वाधिक सेयर खरिदबिक्रि भएको छ ।

प्रकाशित मिति : June 28, 2023 at 3:12 pm









