३ जेष्ठ २०८३, आइतबार | Mon May 18 2026

प्रधानमन्त्री निवास नै निल्न खोज्नेहरू पक्राउ पर्न थालेका छन्ः प्रधानमन्त्री दाहाल

१३ असार, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकार वर्षौदेखि विकृतिको डंगुर सफा गर्ने युद्धमा उत्रिएको टिप्पणी गरेका छन्।

बुधवार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री प्रचण्डले, ललिता निवास काण्ठ मिटरब्याजी र सहकारी ठगहरुमाथि कारवाही जस्ता विकृतिको डंगुर सफा गर्ने सुशासनको लडाईमा आफू लागेको भन्दै सदन र जनताको अझ धेरै समर्थनको आवश्यकता रहेको बताए ।

उनले भने, ‘हिजोबाट प्रधानमन्त्री निवास नै निल्न खोज्ने ललिता निवास काण्ठको अभियूक्तहरु पक्राउ पर्न थालेका छन् । मिटरब्याजी र सहकारी ठगहरुमाथि कारवाही सुरु भईसकेको छ । वर्षौ देखी विकृतिको डंगुर सफा गर्ने सुशासनको यो लडाईमा मलाई सदनर जनताको अझ धेरै समर्थनको आवश्यकता छ ।’

प्रधानमन्त्री प्रचण्डले विकृतिका विरुद्धको लडाई अझ अगाडि बढाउने संकल्प गर्दै भने, ‘म संकल्प गर्दै छु कि कुनै मूल्यमा विकृतिका विरुद्धको यो लडाई अगाडी बढाईने छ । लोकतन्त्र सँग आफ्ना विकृति सच्याउने सामथ्र्य पनि रहन्छ । सरकार त्यो दिशामा दृढतापूर्वक अगाडी बढेको छ ।’

प्रकाशित मिति : 13:04