११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026
http://kk5.io/NADA2026

बरुण हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने

१३ असार, काठमाडाैं ।  बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ। असार १२ गते मंगलबार बसेकाे कम्पनी सञ्चालक समितिको बैठकले  चुक्तापुँजीको १ः१ अनुपात अर्थात १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो।

कम्पनीले हकप्रदको प्रस्ताव आगामी साधारणसभामा पेस गर्न पूर्वस्वीकृतिका लागि विद्युत नियमन आयोगमासमक्ष अनुरोध गर्ने निर्णय पनि गरेको छ। विद्युत नियमन आयोगले पूर्वस्वीकृति दिएमा कम्पनीले हकप्रद सेयर निष्काशनकाे प्रक्रिया अघि बढाउनेछ ।

प्रकाशित मिति : June 28, 2023 at 11:39 am