१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

नेपाल रेमिट र एनएमबी बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता

१० असार, काठमाडाैं । विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्र्याउँदै आएको नेपाल रेमिट इन्टरनेशनल प्रालि र एनएमबी बैंक लिमिटेडबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ ।

सम्झौतासँगै विश्वका विभिन्न सम्झौता मुलुकबाट नेपाल रेमिट मार्फत पठाएको रकम एनएमबी बैंकको सिधै बैंक खातामा तथा एनएमबी बैंकका शाखा कार्यालय मार्फत सहजै प्राप्त गर्न सकिन्छ ।

रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौतापत्रमा नेपाल रेमिट इन्टरनेशनल प्रालिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सागर खनाल र एनएमबी बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले हस्ताक्षर गरे ।

नेपाल रेमिटले विगत १७ वर्ष देखि विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ । डिजिटल रेमिट्यान्स्लाई प्राथमिकता दिँदै आएको नेपाल रेमिटले नेपालमा रहेका थुप्रै बैंक तथा बित्तीय संस्थाहरुबाट ग्राहकका खातामा रियल टाइम नै रेमिट्यान्स् भित्र्याउँदै आएको छ । जसबाट नेपालमा रेमिट्यान्स भित्राई देशको अर्थतन्त्र सुदृढिकरणमा समेत टेवा पुग्ने गर्दछ ।

यस सम्झौता संगै विदेशबाट पठाएको रकम बैँकिङ्ग च्यानलमार्फत भुक्तानी गर्न तथा सम्बन्धित व्यक्तिले रकम प्राप्त गर्न थप सहजिकरण हुने नेपाल रेमिट इन्टरनेशनल प्रालिका नायव महाप्रबन्धक देव वहादुर थापाले जानकारी दिए ।

सन् २००८ मा नेपाल राष्ट्र बैंकद्वारा ‘क’वर्ग वित्तीय संस्थाको रूपमा इजाजतपत्र प्राप्त गरी २० वर्षभन्दा बढी समयदेखि नेपाली वित्तीय बजारमा सञ्चालनमा रहेको एनएमबि बैंक लिमिटेड नेपालकै अग्रणी वाणिज्य बैंकहरू मध्ये एक हो ।

दुई सय भन्दाबढी शाखा कार्यलय र थुप्रै एक्स्टेन्सन काउन्टर मार्फत बैँकिङ्ग सेवाहरु जस्तै क्यूआर कोड सेवा, क्रेडिट कार्ड, डेविट कार्ड, कनेक्ट आइपिएस, ईन्टरनेट बैंकिङ आदि सेवाहरु समेत प्रदान गर्दै आएको एनएमबी बैंकले नेपालभर आफ्नो सेवा विस्तार गरेको छ ।

एनएमबि बैंकलाई विश्व प्रतिष्ठित दिफाइनान्सियल टाइम्स लण्डनद्वारा प्रकाशन गरिने दि बैंकर म्यागेजिनले ‘बैंक अफदिइयर २०१७’, ‘बैंक अफदिइयर २०१८’, ‘बैंक अफदिइयर २०२०’ र ‘बैंक अफदिइयर २०२१’ अवार्डको उपाधिबाट सम्मानित गरिसकेको छ भने सन् २०२१ मै, नेपाली बैंकिङ्ग इतिहासमै पहिलो पटक, बैंकलाई बैंक अफ द इयर २०२१ एशियाको उपाधिबाट समेत सम्मनित गरिएको थियो ।

प्रकाशित मिति : June 25, 2023 at 3:42 pm