२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

नेपाल उद्योग परिसंघको अध्यक्षमा राजेशकुमार अग्रवाल निर्वाचित

नेपाल उद्योग परिसंघको अध्यक्षमा राजेशकुमार अग्रवाल निर्वाचित भएका छन । शनिबार भएको परिसंघको २०औँ वार्षिक साधारणसभाबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन । योसँगै निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवालले परिसंघको नेतृत्वबाट विदा लिएका छन । शनिबार भएको साधारणसभाले सात जना उपाध्यक्षहरू पनि सर्वसम्मत चयन गरेको छ ।

परिसंघको उपाध्यक्षमा निर्वाण चौधरी, वीरेन्द्रराज पाण्डे, राजबहादुर शाह, हेमराज ढकाल, रोहित गुप्ता, अमित मोर र भीम घिमिरे निर्वाचित भएका छन । यस्तै परिसंघको राष्ट्रिय परिषद् सदस्यमा सञ्जय गोल्छा, राजबहादुर शाह, विदुषी राणा, अजितविक्रम शाह, हेमराज ढकाल, आशिष अग्रवाल जजोडिया, मनीष खेम्का, द्विराज शर्मा (सिवाकोटी), ध्रुवप्रसाद रिजाल, वर्षा श्रेष्ठ, हितेश गोल्छा, आशिष गर्ग, सपना सापकोटा, वीरेन्द्रराज पाण्डे, लक्ष्मीप्रसाद सुवेदी, गोकुल भण्डारी, सन्दीप शारदा, मोहित केडिया, अमित मोर, अमितकुमार बेगानी, चन्द्र टन्डन, रोहित गुप्ता, निर्वाण चौधरी, वरुणकुमार तोदी, राहुलकुमार अग्रवाल, शरदकुमार टिवडेवाला, विक्रम सिंघानिया, मिलनबाबु मल्ल, दीपक अग्रवाल, विशाल अग्रवाल, सौरभ दुगड, विकास दुगड, दिलीप अग्रवाल, गोपालकुमार अग्रवाल, आदित्य संघाई निर्वाचित भएका छन ।

प्रकाशित मिति : June 25, 2023 at 11:49 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/