१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

नेपाली उद्योगको विकासमा सरकार प्रतिवद्ध छः अर्थमन्त्री महत

९ असार, काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले नेपालको उद्योग व्यवसायलाई संरक्षण गर्ने नीति ल्याएको बताएका छन् । मदिरा व्यवसायी संघका आठौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनमा उनले विदेशबाट किनेर ल्याएको भन्दा देशमा उद्योग व्यवसाय गर्न आवश्यक वस्तुको आयातमा कम कर लगाएर नेपालको उद्योग व्यवसायलाई संरक्षण दिने काम गरेको बताए ।

उनले भने, बजेटमा करको जुन दर प्रस्ताव गरेको छ, त्यो आन्तरकि उत्पादनलाई प्रोत्साहन गर्ने गरेर गरेका छौ । विदेशबाट किनेर ल्याएको भन्दा देशमा उद्योग व्यवसाय गर्न आवश्यक वस्तुको आयातमा कम कर लगाउने, नेपालको उद्योग व्यवसायलाई एकतहको संरक्षण दिने, त्यो नीति ल्याएका छौ । यस्तै, उनले सिमित आम्दानीमा सबैको माग सम्बोधन हुन नसक्ने भन्दै देशको उत्पादन र राजस्व वृद्धि गर्न उद्योग बढाउने निर्णय लिएको बताए ।

उनले भने, कुनै एउटा घरानालाई फाइदा पुर्याउने, कसैलाई नोक्सान पुर्याउने, त्यसबाट व्यक्तिगत लाभलिने यो कुरालाई मैले पूरै रोक दिए, समग्रमा हाम्रो अर्थतन्त्र चलाएमान गराउन उत्पादन बढ्नु पर्याे, उत्पादन बढ्यो भने रोजगारी बढ्छ, रोजगारी बढ्यो भने आम्दानी बढ्छ, आम्दानी बढ्यो भने राजस्व पनि बढ्छ तर केही बढ्या छैन् अनि राजस्व कसरी बढ्छ । उद्योग बढाउने निर्णय लिएका छौ, सिमित आम्दानी भएपछि सबै जनाको माग पूरा गर्न सक्दैनौ ।

पहाडमा बाँझो रहेका जमिनहरुलाई फलफूल उत्पादनको लागि प्रयोग गर्ने हो भने विदेशबाट आयात गर्ने वाइनलाई देशमै उत्पादन गरेर विदेशमा निर्यात पनि गर्न सकिने उनको भनाई छ । उनले मदिरा व्यवसायको धेरै ठूलो अवसर र बजार रहेको भन्दै मदिराको उत्पादनको विकासबाट व्यापार घाटा कम गर्ने र देशभित्र आम्दानी बढाउने काम गर्न सकिने बताए ।

प्रकाशित मिति : June 24, 2023 at 4:30 pm