८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

नेदरल्यान्ड्सविरुद्ध नेपालको खराब प्रर्दशन, ४ विकेट गुमाउँदा ६८ रन

९ असार, काठमाडौं । आईसीसी विश्वकप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले खराब प्रर्दशन गरेको छ । तेस्रो ओभरमै पहिलो विकेट गुमाएको नेपालले केहीबेर सम्हालिएर प्रर्दशन गरेको छ ।

चौथो विकेटको रुपमा भिम सार्की आउट भए उनले ५६ बल समाना गर्दै २२ रन बनाएका हुन् । तेस्रो विकेटमा रुपमा आरिफ शेख आउट भए । उनी ४ बलमा ६ रन बनाएर आउट भएका हुन् ।

दोस्रो विकेट गुमाउने क्रममा कुशल भुर्तेल १५.५ ओभरमा ४२ बल खेल्दा २ चौकाको मद्दतमा २७ रन जोडेर आउट भिक्रमवित सिंहको बलमा स्कट इडवार्डसबाट क्याच आउट भए ।

१८ ओभरको खेल सकिएको अवस्थामा नेपालले ६६ रन बनाउँदा ३ विकेट गुमाएको छ । नेपाललाई सुपर सिक्समा स्थान बनाउन आजको खेल जित्नैपर्ने दबाव छ ।

टाकासिंगा स्पोर्टस् क्लबमा टस जितेर नेदरल्यान्ड्सले पहिले बलिङ रोजेको हो । नेदरल्यान्ड्सले बलिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्न लागेको हो । नेपालले गत बिहीवार वेस्ट इन्डिजविरुद्ध खेलेको टोलीमा कुनै परिर्वतन गरेको छैन ।

आजको खेलमा नेपाल पराजित भएमा समूह चरणबाटै बाहिरिने छ । नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो । नेपालले तेस्रो खेलमा वेस्टइन्डिजसँग १ सय १ रनको फराकिलो हार व्येहोर्न पुगेको थियो ।

नेदरल्यान्ड्स जिम्बावेसँग ६ विकेटले पराजित भएको थियो । नेदरल्यान्ड्सले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । नेपाललाई हराएमा नेदरल्यान्ड्स औपचारिक रुपमा सुपर सिक्समा पुग्नेछ ।

दक्षिण अफ्रिकामा भएको अभ्यास खेलमा नेदरल्यान्ड्ससँग नेपाल पराजित भएको थियो। पछिल्लो समय नेदरल्यान्ड्सले टेस्ट टोली सहभागी सुपर लिग खेलेको थियो । हालसम्म नेपाल र नेदरल्यान्डबीचमा २ ओडिआई खेल भएको छ । २ मध्ये १ खेलमा नेपालले र अर्को खेलमा नेदरल्यान्ड्स विजयी भएको थियो ।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार १४:५७