८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

आइएमई लाइफ इन्सुरेन्सको आईपीओमा कति पर्यो आवेदन ? यस्तो छ पछिल्लो अपडेट

७ असार, काठमाडाैं । आइएमई लाइफ इन्सुरेन्सले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आईपीओमा २४ करोड बढीकाे आवेदन परेको छ । सीडीएसका अनुसार आज असार ७ गते बिहानसम्म कम्पनीकाे आईपीओमा २४ करोड ४७ लाख ६३ हजार ५६७ रुपैयाँ बराबरको १३ हजार २८२ जनाले १० लाख ३३ हजार १५० कित्ताका लागि आवेदन दिएका छन् ।

कम्पनीले असार १ गतेदेखि वैदेशिक रोजगारीमा गएका नेपालीका लागि प्रतिकित्ता १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरेर २३६ रुपैयाँ ९१ पैसाका दरमा १२ लाख कित्ता सेयर आईपीओ निष्कासन खुला गरेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले उक्त आईपीओमा असार १५ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीकाे आईपीओ बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेकाे छ ।

प्रकाशित मिति : ७ असार २०८०, बिहीबार १२:२६