२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

उपप्राध्यापकमाथि आक्रमण गर्नेकाे मुद्दा फिर्ता लिएर कानूनमन्त्रीले कानून हातमा लिएः याेगेश भट्टराई

६ असार, काठमाडौं । एमाले सचिव योगेश भट्टराईले उपप्राध्यापकमाथिको आक्रमणको विषयमा कानुन मन्त्रीले हस्तक्षेप गरेको आरोप लगाएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा उनले त्रिविका उपप्राध्यापक प्रेम चलाउनेमाथि भएको आक्रमणमा सहभागिको मुद्दा फिर्ता लिएको आरोप लगाएका हुन् ।

उनले भने ‘म भन्दा अनुभवि व्यक्ति जो विद्यार्थी नेता हुनुहुन्छ । उहाँको भाषण हामीले सुनिरहेका थियौं । सदाचार र भ्रष्टाचार विरुद्धको बारेमा । तर उहाँ कानुनमन्त्री हुनुभयो । अब यो देश कानूनले राम्रो सुधारिन्छ होला राम्रो मान्छे ठिक ठाउँमा भयो भन्नेर हामीले खुसि व्यक्त गर्यौं । तर म असाध्यै दुखि भए की उहाँकै हातले ती अपराधीहरुको मुद्धा फिर्ता लिने कागज हस्ताक्षर गर्नुभयो ।’

त्यस्तै चलाउनेमाथि २० असोज २०७७ मा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस परिसरमा नै सांघातिक आक्रमण भएको थियो ।

प्रकाशित मिति : June 21, 2023 at 3:30 pm