१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

सांसद श्रेष्ठले हात जोडेर आग्रह गरिन्ः राजनीतिक लडाइँमा विद्यार्थीलाई प्रयोग नगरौं

६ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले राजनीतिको लडाइँमा विद्यार्थीहरूलाई विवश नबनाउन सरकारसँग हात जोडेर आग्रह गरेकी छन् । बुधबारको प्रतिनिधि सभाको बैठकमा राजनीतिक लडाइँमा पढ्न चाहने विद्यार्थीहरूलाई विवश नबनाउन सांसद श्रेष्ठले हात जोडेर सरकारसँग आग्रह गरेकी हुन् ।

‘राजनीतिक दलहरूका भ्रातृ संगठनरूपी शिक्षक र विद्यार्थीहरूको साँढे जुधाईमा वास्तवमा पढ्न मात्रै चाहने विद्यार्थीहरू बाछाको मिचाइमा परिरहेका छन्। राजनीतिको लडाइँमा पढ्न चाहने विद्यार्थीहरूलाई विवश नबनाऔं । उनले हात जोडेर भनिन्, प्लिज विवश नबनाऔं। उहाँहरूलाई होस्टेज नराखौं। त्यसैले म माग पनि गर्न चाहन्छु।’ भ्रातृ संगठनहरू जरूरी नभएको भन्‍दै सांसद श्रेष्ठले विद्यार्थीहरूलाई राजनीतिमा नतान्न अनुरोध समेत गरिन् ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार १५:०३