१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026
http://kk5.io/NADA2026

२१७ रुपैयाँमा सूर्योदय वोमी लघुवित्तको सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

६ असार, काठमाडाैं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले आज असार ६ गतेबाट केही संस्थापक सेयर बिक्रीमा ल्याएकाे छ । कम्पनीले एनआईसी एसिया बैंकको स्वामित्वमा रहेको १ लाख ६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएकाे हाे ।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य २१७ रुपैयाँ ताेकिएकाे छ। यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

उक्त सेयरमा संस्थापक सेयरधनीहरुसहित सर्वसाधारण, अन्य जोकोही व्यक्ति तथा संस्थाले आवेदन दिन पाउनेछन्। लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि असार १३ गतेसम्म खरिद आवेदन दिन सकिनेछ।

लगानीकर्ताले एनआईसी एसिया क्यापिटलको कार्यालय र एनआईसी एसिया बैंकको कर्पोरेट कार्यालयकका साथ शाखा विराठनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र वीरेन्द्रनगर सुर्खेतमा बोलपत्र पेश गर्न सक्नेछन् ।

प्रकाशित मिति : June 21, 2023 at 9:44 am