८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

विश्वकप छनोटः नेपालद्वारा अमेरिका ६ विकेटले पराजित

५ असार, काठमाडाैँ । । नेपालले अमेरिकामाथि ६ विकेटको जित दर्ता गर्दै आईसीसी एकदिवशीय विश्वकप छनोटमा आफ्नो सम्भावनालाई कायम राखेको छ । भीम सार्की र दीपेन्द्र सिंह ऐरीले पाँचौ विकेटका लागि उत्कृष्ठ साझेदारी गर्दै अमेरिकाको चुनौतीलाई सहजै पन्छाउन सफल भए ।

यस अघि करण केसीले शानदार ४ विकेट लिएपछि नेपालले अमेरिकालाई २ सय ७ रनमा रोक्न सफल भएको थियो । अमेरिकाले दिएको २ सय ८ रनको लक्ष्यलाई नेपाली टोलीले ४३ ओभरको खेलमा पूरा गरेको थियो । नेपालले २ सय ११ रन बनाउँदै जित आप्mनो पक्षमा पारेको थियो ।

पहिलो विकेट गुमेपछि तेस्रो नम्बरमा आएका भीम सार्कीले सानदार ७७ रनको योगदान गरे । उनले ११४ बलको सामना गर्दै ७ चौका र एक छक्काको सहयोगमा ७७ रन जोडे । यस्तै यस अघि अमेरिकाको दुई विकेट लिएका दीपेन्द्रसिंह ऐरीले ३९ रन बनाए । उनले ३२ बल खेलेर ५ चौका र एक छक्काको सहयोगमा उक्त रन जोडे । पाँचौ विकेटका लागि सार्की र ऐरीले ७४ रन जोडेका थिए ।

जिम्बाबेविरुद्धको पहिलो खेलमा शतक बनाउन १ रनले चुकेका कुशल भुर्तेल ३९ रन बनाएर बाहिरिदा कप्तान रोहितकुमार पौडेल १६, आशिफ शेखले १२ र कुशल मल्लले १३ रनको योगदान गरे । यस अघि प्लेयर अफ द म्याच घोषित केसीले सुरुवातमा नै अमेरिकाको चार विकेट खोसेर विशाल रनतर्फ अग्रसर हुन रोकेका थिए ।

आईसीसी एकदिवशीय विश्वकप छनोट अन्तर्गत जिम्बाव्वेको टाकासिङ्गा स्पोर्ट्स क्लब मैदानमा भएको खेलमा नेपालले टस जितेर बलिङ रोज्दा व्याटिङमा उत्रिएको अमेरिकाले निर्धारित ५० ओभरमा ४९ ओभरमा सबै विकेट गुमाएर २ सय ७ रन बनाएको थियो ।

केसीले ९ ओभर बलिङ गरेर ३ मेडन राख्दै ३३ रन दिएर ४ विकेट लिए । यस्तै दिपेन्द्रसिंह ऐरीले ५ ओभर बलिङ गरेर १५ रन दिइ दुई विकेट लिंदा ललित राजवंशी र गुल्सन झाले समान एक÷एक विकेट लिए । जिम्बाबेविरुद्धको पहिलो खेलमा झै अमेरिकाविरुद्धको खेलमा आज पनि सन्दीप लामिछाने महंगो सावित भए । उनले १० ओभर खेल्दा ५८ रन दिए पनि कुनै विकेट लिन सकेनन् । जिम्बाबे टुरमा उनको यो दोस्रो खराब दिन हो ।

अमेरिका लागि सायन जहाँगीरले शतकीय योगदान गरे । उनले आफ्नो टोलीको तर्फबाट सर्वाधिक ८७ रनको योगदान गरे । उनले ७० बलको सामना गरी ९ चौका र ३ छक्काको सहयोगमा रन बनाए । यसपछि प्रारम्भमा आएका सुशान्त मोदानीले ४२ रन बनाए । समूह एमा रहेको नेपालले पनि यस जितसहित २ अंक जोडेको छ । अब नेपालले आफ्नो समूहमा रहेका वेष्ट इण्डिज र नेदरल्याण्डसँग खेल्न बाँकी छ ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलवार २१:५८