१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026
http://kk5.io/NADA2026

प्रभु बैंक र प्यारामाउण्ट मोटर्सबीच एमजी इलेक्ट्रिक भेहिकलका लागि कर्जा दिने सम्झौता

१ असार, काठमाडाैं । प्रभु बैंक लिमिटेड र प्यारामाउन्ट मोटर्स प्रालिबीच विद्युतीय सवारीसाधनमा लगानीसम्बन्धी सम्झौता भएको छ।सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत रेनुप्रसाद पाण्डे र प्यारामाउन्ट मोटर्सका तर्फबाट महाप्रबन्धक सचिन अर्यालले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार प्यारामाउन्ट मोटर्सद्वारा आयात गरिएको एमजी मोडेल/ब्रान्डका इलेक्ट्रिक भेहिकल खरिद गर्दा ग्राहकले छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारीसाधन कर्जा प्राप्त गर्न सक्ने व्यवस्था भएको छ।

हाल बैंकको देशभर रहेको ३०१ शाखाबाट नै कर्जा सुविधा उपलब्ध हुने बैंकले जनाएको छ। यस सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणीय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकले विश्वास लिएको छ।

प्रकाशित मिति : June 16, 2023 at 5:11 pm