९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

भौतिक पूर्वाधार मन्त्रालयलाई विनियोजन गरिएको बजेटप्रति एमालेको सहमति छैन्ः सांसद नेम्वाङ

१ असार,  काठमाडौं । नेकपा एमालेका सांसद बसन्तकुमार नेम्वाङले भौतिक पूर्वाधार र यातायात मन्त्रालयका लागि विनियोजन गरिएको बजेटप्रति असहमति व्यक्त गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभामा बजेटमाथि मन्त्रालय छलफलमा सहभागी हुँदै सांसद नेम्वाङले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि प्रस्तावित बजेट भारीमात्रामा कटौती गरिएको बताए । उनले यस्तो बजेटलाई समर्थन गर्न नसकिने पनि प्रष्ट पारे ।

उनले भने ‘ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको लागि विनीयोजन गरिएको रकम प्रति म र मेरो पार्टी नेकपा एमाले नीतिगत असहमति जनाउँदै उक्त सबै बजेटको रकमहरु कट्टा गरी १ रुपैंया मात्र कायम गरियोस भन्ने कटौतीको प्रस्ताव प्रस्तुत गर्न चाहान्छु । आगामी आर्थिक वर्षको लागि सिङ्गो राष्ट्रिय बजेट १७ खर्व भन्दा बढी छ । चालु आर्थिक वर्षलाई हेर्ने हो भने ४ देखि ५ खर्व मात्र कमी छ ।

मुलुकमा आर्थिक संकट छ भनिन्छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको चालु आर्थिक वर्षको बजेट र प्रस्तावित आगामी आर्थिक वर्षको बजेटलाई हेर्ने हो भने झण्डै ३६ अर्व बजेट भारि मात्रमा कटौती गरिएको छ ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार १३:००