२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

नागरिकताविहीनलाई तत्काल नागरिकता दिन सरकारसँग सांसद चौरसियाको माग

१ असार, काठमाडौं । सांसद अजय कुमार चौरसियाले नागरिकताविहीनहरुले नागरिकता पाउँदा नेपाल फिजीकरण हुन्छ भनेर गलत प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन् ।

शुक्रवार प्रतिनिधि सभाको सुन्य समयमा बोल्दै सांसद चौरसियाले नेपाली नागरिकले नागरिकता पाउनुपर्ने विषयलाई गम्भीर रुपमा नलिए यसले थप समस्या निम्त्याउने चेतावनी दिए ।

उनले भने ‘आज नेपालको संविधान अनुसार नेपाली नागरिक जन्मसिद्ध नागरिकका छोरा छोरीहरु नागरिकताविहीन छन् । नागरिकता पाएका छैनन् । ती हल्ला पिटाइएको छ कि उनीहरुलाई नागरिकता दिइयो भने नेपाल फिजिकरण हुन्छ ।’ उनले नागरिकता नपाएकै कारण नेपाली युवाहरुले आधारभूत अधिकार समेत प्राप्त नगरेको भन्दै आपत्ति जनाए । नागरिकलाई आत्मदाह गर्न बाध्य नबनाउन उनले सरकारले आग्रह गरे ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार १२:०९