१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026
http://kk5.io/NADA2026

खप्तड लघुवित्त र धौलागिरी लघुवित्तको एकीकृत कारोबार मिति तय

१ असार, काठमाडाैं । खप्तड लघुवित्त र धौलागिरी लघुवित्तले मर्जरपछि असर २० गते गतेबाट एकीकृत कारोबार गर्ने भएका छन्। मर्जर प्रक्रिया पूरा गरी यी दुइ कम्पनीले धौलागिरी लघुवित्त वित्तीय संस्थाको नामबाट असार २० गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका हुन् ।

दुई संस्था बिच गाभ्ने गाभिने मर्जर सम्बन्धी समझदारीपत्रमा मंसिर १८ गते हस्ताक्षर भई पुस १७ गते नेपाल राष्ट्र बैंकबाट सैद्धान्तीक सहमति प्राप्त गरेका थिए ।दुवै कम्पनीले चैत्र ६ गते विशेष साधारणसभामा मर्जर प्रस्ताव पारित गरेका थिए ।  नेपाल राष्ट्र बैंकले दुवै कम्पनीलाई जेठ २४ गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो । मर्जरपश्चात संस्थाको केन्द्रीय कार्यालय बागलुङको बागलुङ नगरपालिका–२ बागलुङमा रहनेछ।

प्रकाशित मिति : June 16, 2023 at 10:10 am